

गोठालो गएकी १२ वर्षीया बालिकामाथि बलात्कार, ५२ वर्षीय पुरुष पक्राउ

कैलाली- १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाख्रा चराउन जंगल गएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ती पुरुषलाई पक्राउ गरिएको हो।

