आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला


काठमाडौं – बैंक अफ काठमान्डूले आईतबार देखि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको  संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले कम्पनीको १ लाख ४९ हजार ८०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।लगानीकर्ताले यो सेयरमा न्यूनतम ५४० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा बिभिन्न संघसंस्था, कम्पनी र सर्वसाधारण लगानीकताले पनि आवेदन दिन सक्नेछन् ।

यो लिलामीमा वैशाख १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लिलामी आवेदन बिओके क्यापिटल नक्साल, काठमाडौंबाट दिन सकिनेछ ।

प्रतिक्रिया