माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता


काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । उनीहरु दुईबीच काठमाडौंको होटल मेरियटमा आइतबार मध्यान्हमा भेटवार्ता भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात होटल मेरियट होटल पुगेका वाङले त्यसअघि नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका थिए ।

May be an image of 2 people and people standing

प्रचण्डसँगको भेटघाटका क्रममा माओवादी केन्द्रका केही नेताहरुसमेत सहभागी भएका छन् । भेटका क्रममा दाहालका साथ नेता नारायणकाजी श्रेष्ठका साथै प्रचण्ड पुत्री गंगा दाहाल पनि रहेका थिए । विदेशमन्त्री वाङ आजै स्वदेश फर्किनेछन् ।

May be an image of 2 people, furniture and indoor

प्रतिक्रिया