बढ्यो सुनको मूल्य, प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार


काठमाडौँ-   शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज  सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो विहिबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  हिजो विहिबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा  कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया