बौधीमाईमा सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर र चुल्हो


रौतहट – रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिका–२ इनर्वामा सातसय परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ।

वडा २ का अध्यक्ष रामबाबु कुशवाहाको चुनावी प्रतिबद्धता अनुरूप सम्पूर्ण गाउँवासीलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।

बौधीमाई नगर क्षेत्रलाई धुवाँ मुक्त नगर बनाउने नेकपा एमालेका मेयर प्रत्याशी त्रिभुवन साहले गरेको घोषणाअनुसार निःशुल्क ग्यास सिलिन्डर र चुल्हो बितरण अभियान सुरु गरिएको वडाध्यक्ष कुश्वाहाले बताए।

यसअघि बौधीमाई नगरपालिकाको अन्य वडाहरुमा पनि सयौं परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिसकेको एमाले नेता त्रिभुवन साहले जानकारी दिए।

प्रतिक्रिया