

सिटिजन्स लाइफ इन्स्योरेन्सको चौथो साधारण सभा शुक्रवार

काठमाडौँ- सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा शुक्रवार हुँदैछ । सभा आज दिउँसो ३ बजे अल्फोट, काठमाण्डू ठमेलमाशुरु हुनेछ ।
कम्पनीले सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने प्रस्ताव उक्त सभामा पेश गर्नेछ । त्यस्तै, कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

