ओरालो यात्रामै शेयर बजार, कारोबार रकम २ अर्बमा खुम्चियो


काठमाडौं – साताको चौथो कारोबारको दिन (बुधबार) पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २०.३४ अंकले घटेको हो । सो अंकले नेप्सेमा गिरावट आउँदा परिसुचक २६३६.३६ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.२२ अंकले घटेर ४९५.११ विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२६ वटा कम्पनीको ३९ लाख ८५ हजार ५ सय ७४ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएको छ ।  ३० कम्पनीको मूल्य बढ्यो भने १५६ को घट्यो । ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

बैंकिङ ९, विकास बैंक ५३, फाइनान्स ३४, होटल तथा पर्यटन १९, जलविद्युत ३६, जीवन बीमा १२८, उत्पादन ७०, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ७८ र अन्य उपसमूह २९ अंकले घटे । व्यापार उपसमूह भने १२ अंक बढ्यो ।

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ राष्ट्र जनउत्थानका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज १० प्रतिशतका दरले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.७४५ पुगेको छ । यस्तै ,इमर्जिङ्ग नेपाल लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतका दरले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९१.६० पुगेको हो ।

यसैगरी,सनराइज बैक डिबेन्चरको शेयरमूल्य ४.०४ प्रतिशत,एनआईबिएल प्रगति फण्डको ३.११ प्रतिशत र नबिल डिबेन्चर २०८५ को २.९२ प्रतिशतले घटेको छ ।  बुधबार एनआईसी एशिया बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ४१ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

प्रतिक्रिया