साहुबाट रकम असुल्न आँफै अपहरणमा परेको नाटक !


दाङ – रूकुम घर भई तुलसीपुरमा बस्दै आएका एक युवकलाई बेपत्ता भएको दुई दिनपछि जंगल क्षेत्रबाट उद्धार गरेपछि प्रहरी अनुसन्धानका क्रममा साहुबाट रकम असुल्ने बहानामा आँफै अपहरणमा परेको नाटक गरेको खुलासा भएको छ।

सकुशल फेला पारेलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा आफ्नै साहुसँग पैसा असुल्न त्यस्तो बहाना गर्दै नाटक गरेको खुलेको इलाका प्रहरी कार्यालय दाङका डिएसपी श्यामु अर्यालले बताए ।

रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर-४ मा परिवारसहित बस्दै आएका २४ वर्षीय जनक देवकोटा बेपत्ता भएको सुचना प्रहरीले चैत ६ गते साढे ४ बजेतिर पाएपछि प्रहरी अपहरित ब्यक्तिको खोजिमा जुटेको थियो ।

अर्यालले दिएको जानकारी अनुसार उनि सोमबार बिहान ८ बजेतिर लमही नगरपालिका वडा नं. ९ स्थित अमेलिया क्षेत्रको जंगलको सडक छेउमा फेला परेपछि उद्धार गरिएको हो। अपहरित ब्यक्ति देबकोटाले बिभिन्न बहाना गरेपनि प्रारम्भिक अनुसन्धानबाट त्यो नाटक गरेको खुलेको हो ।

सापकोटा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा काम गर्ने कर्मचारी हुन्।  रिजालको हस्पिटल, कलेजलगायत विभिन्न क्षेत्रमा ठुलो लगानी छ।

देबकोटा श्रीमती र छोरीको साथमा रिजालकै फार्ममा बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

देबकोटाकी श्रीमती र रिजालको मोबाइलमा बार्गेनिङ गर्दै विभिन्न खाले म्यासेजहरू पठाएको प्रमाणहरू भेटिएको र अनुसन्धानकाक्रममा उनको पनि त्यसमा संलग्नता देखीएको डिएसपी अर्यालले बताए ।

श्रीमती र रिजाललाई श्रीमान आफुहरुसँग सुरक्षित रहेको र जोगाउने भए ५० लाख पैसा लिएर आउनू भन्ने खाले म्यासेज फेला परेको र घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

छुट्टै अर्को सीम कार्डबाट आफैं वा अरू केही व्यक्तिको सहयोगमा रिजालबाट पैसा लिन आफैंले नाटक गरेको आशंका भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए।

उनले तुलसीपुरमा केही सोधपुछपछि देबकोटालाई त्यहाँबाट अहिले जिल्ला प्रहरी कार्यालय घोराहीमा ल्याईएको र घटनाबारे थप अनुसन्धान हुने जानकारी दिए।

अपहरणमा परेको नाटक गरेका उनकै मोबाइल बार्गेनिङसहितका म्यासेजहरू पठाउन प्रयोग भएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ।

`उनले नयाँ सिमकार्ड किनेको पसल पनि प्रहरीले पत्ता लगाई सकेको छ- रिजालले भने-`उसले स्वयम् आफुबाट गल्ती हुन गयो भन्ने कुरा प्रारम्भिक बयान दिइसकेको छ, सबै कुरा अनुसन्धानबाट आउला ’

यो घटनामा अरू थप क–कसको मिलेमतो छ भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया