५० लाख फिरौती माग गर्दै अपहरणमा परेका देबकोटाको दाङ प्रहरीले गर्यो सकुशल उद्धार


दाङ – जिल्ला प्रहरी कार्यालय दाङले अपहरणमा परेका एक जनालाई सकुशल फेला पारेको छ।

अपहरणमा परेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्नेक्रममा तुलसीपुरका जनक देबकोटालाई जंगलमा सकुशल फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

५० लाख फिरौती मागेको र फिरौती रकम बुझाउन नसकेपछि देबकोटाको अपहरण भएको एसपी काफ्लेले बताए। उनका अनुसार किन अपहरण गरेको र अपहरण गर्ने समुहको खोजी कार्य तिब्र पारिएको छ।

एसपी काफ्लेले घटनाको बारेमा सकुशल फेला परेका देबकोटामाथि सोधपुछ चलिरहेको र हाल अनुसन्धानकै क्रममा रहेकाले बिस्तृत बिबरण अनुसन्धानपछि भन्न सकिने बताए।

प्रहरीले लोकेसन ट्रयाक गरेर खोजतलासमा जुटिरहेको अबस्थामा अमिलियाको जंगलमा देबकोटालाई फेला पारेको हो। अपहरणमा परेको ७२ घण्टापछि दाङ प्रहरीले देबकोटालाई सकुशल फेला पारेर ल्याएको हो।

राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरका सन्चालक हरि रिजालको ‘ड्रागन फ्रुट’को कम्पनिमा काम गर्ने कर्मचारी अपहरणमा परेका हुन। रिजाल तुलसीपुरका पैसावाला व्यापारी हुन।

प्रतिक्रिया