कञ्चनपुरबाट एक नेपालीलाई बन्धक बनाएर भारत लगियो


काठमाडौं – कञ्चनपुरबाट आइतबार साँझ आफुलाई प्रहरी बताउने अज्ञनत समुहले एक नेपालीलाई बन्धक बनाउँदै भारत लगेको खुलेको छ।

कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुराली कञ्चनपुरमा बस्दै आएका कैलाली जानकी गाँउपालिका–६ जगतपुरका मिनबहादुर शाहलाई बन्धक बनाउँदै भारत पुर्याएइको खुलेको हो।

उनलाई भारत लगेपनि सीमामा भने प्रहरीले समेत चाल पाएन् । स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको बताउँदै काम छ भन्दै मिनबहादुरलाई लगेर प्रहरी स्रोतले बतायो।

प्रहरी हौं भन्दै लगेपछि आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी नभेटिएपछि अनुसन्धान सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।

प्रहरी स्रोतले भन्यो, ‘नेपाल प्रहरीको कुनै टोलीले उनलाई लगेको होइन। उनलाई लैजाने को हुन भन्नेबारे अनुसन्धान हुँदैछ।’ मिनबहादुरलाई कुन नाकाको प्रयोग गरेर भारत पुर्याइएको हो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ।

प्रहरी अनुसन्धानका क्रममा शाह कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबसामा प्रहरी हिरासतमा रहेको पाइएको छ । नेपाली नागरिक नेपालका सुरक्षा निकायको सम्वन्यबिना भारतीय प्रहरीको हात लाग्नु गम्भीर विषय भएको प्रहरीकै अधिकारीहरु बताउँछन्।

प्रतिक्रिया