शौच गर्न गएकी महिला खेतमै बलात्कृत


रौतहट – रौतहटमा दुई छोराछोरीकी आमा बलात्कारको सिकार भएकी छिन्। स्थानीय फतुवा बिजयपुर नगरपालिका-२ सितलपुर घर भएकी हजाम थरकी उक्त महिला बलात्कारको सिकार भएकी हुन्।

हजाम थरकी बुहारी अथवा २ छोराछोरीकी आमा २२ बर्षिया उक्त महिला गएराती  साढे ८ बजे सौच गर्न घरछेउकै खेतमा गएकी थिइन् ।

रातको अंध्यारो खेतमा महिलालाई एक्लो हेरेर सोही ठाउँका २१ बर्षका रुपलाल पटेलले बलपूर्वक खेतमै पछारेर जबर्जस्तीकरणि गरेको प्रहरीले जनाएको छ।

सो क्रममा पीडित महिलाले गुहार भन्दै होहल्ला गर्दा आरोपी पटेलले महिलाको गालालगायत केही स्थानमा दाँतले टोकेर भागेको ईलाका प्रहरी कार्यालय लक्षमिनियाले जनाएको छ।

घटनालगत्तै प्रहरी टोलीले आरोपी पटेलको खोजतलास गर्दा उनी फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले घटनाको पुष्टि गरेका छन्।

स्वास्थ परिक्षणको लागि पीडित महिलालाई जिल्ला अस्पताल गौर पठाउने तयारी भैरहेको छ। पीडित परिवारको जाहेरीको आधारमा आरोपी रुपलाल पटेलमाथि मुद्दा दर्ता हुने तथा घटनाबारे थप अनुसन्धान भैरहेको घिमिरेले बताए।

घरमा शौचालय नहुँदा घर बाहिर रातको अंध्यारोमा सौच गर्न जादा यसअघि पनि कैयौं बलात्कारको घटना रौतहटमा घटेको छ।

प्रतिक्रिया