प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से, ५ लाखको कारोबार


काठमाडौँ – साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ। सोमबार १८.०७ अंक बढेर २६३४.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२४ अंक घटेर २६३४.४२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.४१ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा २०  स्टकको ५ लाख ६ हजार ६३० रुपैयाँ बराबरको ८१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ६ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

प्रतिक्रिया