सगरमाथा इन्स्योरेन्सको ५ लाख ५५ हजार कित्ता संस्थापक शेयर लिलामीमा


काठमाडौँ –  सगरमाथा इन्स्योरेन्स कम्पनीको ५ लाख ५५ हजार ५६९ कित्ता संस्थापक शेयर चैत ८ गतेदेखि लिलामीमा आएको छ । सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सूचना जारी गरेको हो ।

यो शेयर खरीदको लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता रू. ४०० तोकिएको यो शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

प्रतिक्रिया