

भुपेन्द्र बडुवाल हत्या प्रकरण : धरौटीमा छुटेका तीनजना फेरि समातिए

धनगढी – कैलाली लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला अदालतले धरौटीमा रिहा गरेका ३ जना फेरि पक्राउ परेका छन्।
उक्त मुद्दाको पुनरावेदन हुँदा उच्च अदालत दिपायलले पुनः पक्राउ गर्न आदेश दिएपछि बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का २६ वर्षीय सन्तोष भन्ने सविनजग्ग शाही, लम्की चुहा नगरपालिकाका २८ वर्षीय विकास खड्का र बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर पक्राउ परेका हुन्।
उच्च अदालतले गत फागुन ५ गते पुर्पक्ष गर्ने आदेश दिएअनुसार सोमबार उनीहरुलाई पक्राउ गरी आज मंगलबार जिल्ला अदातलमा पेश गरिने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
बडुवालको गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो। उनको हत्या आरोप लागेका ८ जना अझै पनि फरार रहेका छन्। भने, १२ जनालाई पक्राउ गरी कैलाली प्रहरीले अनुसन्धान गरेको थियो।
‘साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर गए, पुग्ने बित्तिकै खुकुरी र चक्कु हानेर मारे’

