
नेपाल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं – नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत्र ७ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.५७८९ प्रतिशत नगद गरि कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।




कागजपत्र |
