नायिका प्रियंका कार्कीको मोबाइल प्रहरीकाे नियन्त्रणमा


काठमाडौं – नायिका प्रियंका कार्कीको मोबाइल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनको मोबाइल नियन्त्रणमा लिएको हो।

नेपालमा प्रतिबन्ध रहेको क्रिप्टोको कारोबारको आशंकामा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ । त्यसैले उनको मोबाइल थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले बतायो।

क्रिप्टोको कारोबार हुने एक एप्लिकेसनमा उनको तस्बिरसहितको विज्ञापन देखिएपछि प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो।

यता नायिका कार्कीले भने आफ्नो तस्बिर दुरुपयोग भएको भन्दै आइतबार प्रहरीमा उजुरी दिएकी छन्।

क्रिप्टोकरेन्सीको विवादमा परिन् प्रियंका

प्रतिक्रिया