
विस्फोटक पदार्थ राखेको अभियोगमा पक्राउ परेका सांसद नविना लामाका बाबुकाे मुद्दा अदालतमा
काठमाडौं – नेकपा एमालेकी समानुपातिकतर्फकी सांसद नविना लामाका बाबु मणिकलाई पक्राउ गरी प्रहरीले अनुसन्धान प्रक्रिया सकेको छ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधि सभाबाट पारित गर्न लागेको भन्दै काठमाडौंस्थित कोटेश्वर टाउनप्लानीङ क्षेत्रमा विस्फोटक पदार्थ राखेको अभियोगमा पक्राउ परेका मणिकलाई अनुसन्धान प्रक्रिया सक्काएर प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ।
उनको मुद्दाको विषयमा आज(सोमबार) अदालतले फैसला गर्ने सम्भावना छ। ‘प्रहरीले एमसीसीको विरोध गर्दै विस्फोटक पदार्थ राखेको र स्थानीयलाई आतकिंत बनाएको अभियोगमा पक्राउ गरेको हो,’ महानगरीय प्रहरी परिसरका सुदीप गिरिले भने, ‘प्रहरीले अदालतको अनुमति लिएर म्याद थप गरेर अनुसन्धानको काम पनि सकिसकेको छ। अनुसन्धानपछि फाइलहरु जिल्ला अदालतमा बुझाइएको छ।’ मणिकलाई प्रहरीको विशेष ब्युरोको समन्वयमा पक्राउ गरिएको थियो। बम राख्ने समूह र माणिकबीच पटक–पटक टेलिफोन सम्पर्क गरेको देखिएपछि पक्राउ गरेको बुझिएको छ।



कागजपत्र |
