प्रि ओपन सेसनमा ३ अंक बढ्यो नेप्से, १ हजार ४८३ कित्ता शेयर खरिदबिक्री


काठमाडौं –साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन बुधबार १९.७२ अंक घटेर २६३१.२५ विन्दुमा झरेको नेप्से, आज उक्त सेसनमा २.८५ अंक बढेर २६३४.११ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६६ अंक बढेको छ ।

आइतबार प्रि ओपन सेसनमा १४ स्टकको १७ लाख ३८ हजार ९७० रुपैयाँ १९ पैसा बराबरको १ हजार ४८३ कित्ता शेयर खरिदबिक्री भएको छ ।

 

प्रतिक्रिया