

बौद्धबाट बरामद भएको धातु युरेनियम नभएकाे पुष्टि
घटनामा मुछिएका सबै छुटे

काठमाडौं – गत फागुन पहिलो साता राजधानीको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका अनुसार दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणबाट साे धातु युरेनियम नभएको पुष्टि भएको जनाएकाे छ।
बरामद भएकाे धातु युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेका छन् । युरेनियम कारोबार भएको आशंकासहित प्रहरीले ८ जना कारोबारीलाई पक्राउ गरेको थियो ।
उनीहरुले भारतबाट युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

