मेचु र विकासको पानी कलल


काठमाडौं – गायिका मेचु धिमाल र गायक विकास लिम्बुको स्वरमा नयाँ पुर्वेली भाकाको गीत ‘पानी कलल’ सार्वजनिक भएको छ । गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ ।

सार्वजनिक गीतको भिडियोमा पनि गायकद्वय मेचु र विकास आफैँ फिचर्ड छन् । भिडियोमा पेटेर गुरुङको छायांकन खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाको सम्पादन तथा कलर छ । भिडियोमा राज पोखरेलले ड्रेन चलाएका छन् । भिडियाको निर्देशक गायिका मेचुले नै गरेकी छन् ।

भिडियोलाई मेचु धिमालको अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया