समानान्तर निर्माण सेवालाई करोड ठग्ने श्रेष्ठ पक्राउ


काठमाडौं – महानगरीय अपराध महाशाखाले बैंकिङ कसुरका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिई गएको प्रहरीको एक टोलीले काठमाडौं महानगरपालिका वडा नं. ९ स्थित जयबाबा गोरख कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक श्याम कुमार श्रेष्ठलाई सितापाइलाबाट पक्राउ गरेको हो ।

निज श्रेष्ठले समानान्तर निर्माण सेवा प्रा.लि.लाई सितापाईला सण्डक खण्डमा काम गरेबापत दिनुपर्ने रकमको भुक्तानीका लागि पैसा नभएको ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको चेक उपलब्ध गराएका थिए ।

श्रेष्ठले समानान्तरलाई दिनुपर्ने १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँको अवैध चेक दिएर बैंकिङ कसुुर गरेका थिए । चेक दिईसकेपछि फरार रहेका श्रेष्ठलाई खोजी गर्ने क्रममा प्रहरीले सितापाईलाबाट मंगलबार दिउँसो १ बजेतिर पक्राउ गरेको थियो ।

श्रेष्ठलाई आवश्यक कारबाहीपछि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया