वारी पारीमा के गर्दैछन् मनोज र गिना


काठमाडौं – गायिका अस्मिता जुरेली र गायक मनोज लकान्द्रीको स्वरमा रहेको गीत ‘वारी पारी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा किरण भण्डारीको संगीत, शब्द र एरेन्ज छ ।

भिडियोमा मनोज लकान्द्री र गिना निरौला फिचर्ड छन् । प्रेमभावको गीतमा दीपक आलेको छायांकन, सैलेशकुमारको ड्रोन, प्रेरणा बरालको मेकअप, पदम सुवेदीको सम्पादन, मिलन विश्वकर्माको रंग र पेन्टर कृष्णको निर्देशन छ ।

भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया