श्री इन्भेष्टमेन्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा


काठमाडौँ- श्री इन्भेष्टमेन्ट फाइनान्सका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । जसमा कम्पनीका संस्थापक धर्मराज श्रेष्ठ र ज्योती कुमारी सरावगीले ५०/५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, श्री इन्भेष्टमेन्टकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया