

टीएमएसको समस्या भएन समाधान, शेयर कारोबार बन्द

काठमाडौं – टीएमएसमा समस्या समाधान नभएपछि आज (सोमबार) बाँकी समयको शेयर कारोबार स्थगित गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक सूचना ब्रोकर डाटा सेन्टरमा समस्या आएका कारण आज बाँकी समयको शेयर कारोबार स्थगित गरिएको जानकारी गराएको छ।
करीब १ बजेतिर समस्या उत्पन्न भई कारोबार रोकिएको हो । त्यतिबेला ०.१५ अंकले मात्रै बढेको थियो, ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६८.११ अंकमा उक्लिएपछि कारोबार रोकिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।
डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुन कारोबार शुरु गर्ने भनिएपनि समस्या समाधान हुन नसकेपछि आजका लागि शेयरकारोवार बन्द गरिएको हो ।

