

१० औं संस्करणको हुन्डाई गल्फ शनिबार हुने

काठमाडौं – १० औं संस्करणको हुन्डाई ओपन गल्फ प्रतियोगिता यही साता हुने भएको छ। नेपालका लागि हुन्डाई गाडीको अधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शनिबार आयोजना गरिने जनाएको हाे ।
गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता १८ होलमा स्टेबल फोल्ड फर्म्याट र ३/४ ह्याण्डीक्यापको आधारमा खेलाइने छ । प्रतियोगितामा १३० गल्फरले सहभागिता जनाउने सम्भावना रहेकाे आयोजकले जनाएको छ ।
प्रतियोगितामा १० नम्बर होलमा ‘होल इन वन’ गर्ने खेलाडी हुन्डाई कार पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले आकर्षक पुरस्कार पाउने छन् । त्यस्तै बेस्ट ग्रोस, महिला विजेता, लङगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन, मोस्ट बर्डिज,सिनियर बिजेता ,जुनियर बिजेता र हुन्डाई ओनर्स बिजेताले पनि पुरस्कार पाउने छन् ।

