शिखर इन्स्योरेन्सले चैत १ गते  देखि ५२ लाख ७५ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्ने


काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गते  देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत अर्थात १ः०.३ अनुपातमा १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा चैत २१ गते सम्म आवेनद दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा माघ २० गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७५ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी २ अर्ब २८ करोड पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले  इक्राएनपी आइआर ए  रेटिङ प्रदान गरेको छ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले मेरो शेयर सफ्टवेयर मार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया