

मध्यरातमा एकल महिला बलात्कार गर्ने शाही ५ बर्षपछि पक्राउ

काठमाडौं – महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। एकल विधुवा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाजुरा नगनाथ गाउँपालिका–५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाहीलाई प्रहरीले पक्राउ गरेको हो।
शाहीले २०७४ साल पुस १३ गते राति १२ बजेको समयमा ती महिलालाई जबरजस्ती करणी गरेका थिए। घटनाको ५ वर्षपछि शाहीलाई पक्राउ गर्न प्रहरी सफल भएको बाजुरा प्रहरीले जनाएको छ।
जतिबेला ती महिदाको बस्नको लागि घर समेत नभएको तथा दुई छोराछोरी र आफु एकल बिधवा भई आफ्नै नातेदारको घरमा बस्दै आएकी थिइन्। सोही मौका छोपेर शाहीले उनीमाथि जबरजस्ती गरेको प्रहरीले जनाएको छ।
मध्यरातको समयमा पीडित सुतेको अवस्थामा पीडितको मुख च्यापी पेटिकोट र ब्लाउज समेतका कपडाहरु च्यातचुत पारी बायाँ छात्तीमा समेत चोट बनाई शाहीले जबरजस्ती करणी गरेर भागेका थिए।
पीडितको जाहेरीको आधारमा तत्कालै प्रहरीले मुद्दा दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिएको थियो। तर, शाही प्रहरी खोजतलासको क्रममा फेला नपरी जिल्ला तथा मुलुक बाहिर बिभिन्न स्थानहरुमा लुकिछिपी बस्दै आएका थिए।
घटनाको दुई वर्षपछि अर्थात २०७६ साल भदौ ३ गते जिल्ला अदालत बाजुराले अभियुक्त शाहीलाई दोषी करार गर्दै २ वर्ष ६ महिना जेलसजाय तोकेको थियो।
त्यस्तै उच्च अदालत दिपायलले समेत २०७७ साल मंसिर ३० गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै शाहीलाई २ वर्ष ६ महिना नै जेलसजाय सुनाएको थियो। तर, उनी फरार थिए।
२०७८ फागुन २९ गते शाही बाजुराको माथिल्लो भेग जगन्नाथ गाउँपालिकाको इलाकामा लुकिछिपी बस्दै आएको खबर पाएलगत्तै परिचालन भएको प्रहरी टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका शाहीलाई जिल्ला अदालत बाजुरमा पेशपश्चात कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय, मार्तडी बाजुरामा पठाइएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ।

