हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित


काठमाडौँ- हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ठ्ठाईसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा फागुन ३० गते, सोमबार कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया