
प्रकाश सपुतलाई नधम्क्याउन वाईसीएललाई युथ फोर्सको चेतावनी
काठमाडाैँ – माओवादीका पूर्वलडाकुहरूको पीडालाई समेटेर ‘पिर’ शीर्षकको म्युजिक भिडिओ सार्वजनिक हुनासाथ गायक प्रकाश सपुतलाई सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले त्यो गीत तुरुन्त युट्युबबाट हटाउन चेतावनी दिइरहेका छन्।
उक्त म्युजिक भिडिओमा पहिले जनयुद्ध लडेका महिला अहिले अभावका कारण शरीर बेच्न बाध्य भएको सांकेतिक दृश्य देखाइएको छ, जसले जनयुद्ध लडेका महिला योद्धाहरूको अपमान गरेको भन्दै माओवादी केन्द्रका नेताहरू रुष्ट भएका छन् र गीत नहटाएका कारबाही गर्ने चेतावनीसमेत दिइरहेका छन्।



कागजपत्र |
