तनहुँ दुर्घटना अपडेटः मृत्यु हुने तीन जनाको सनाखत


दमाैली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ का ७३ वर्षीय रुद्रबहादुर सेन, ४५ वर्षीया लक्ष्मीकुमारी शाही र ३६ वर्षीय ओमप्रकाश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग२ख ३०७ नंको बस र विपरीत दिशाबाट जाँदै गरेको ग३च ६०१२ नंको टाटा सुमो एकापसमा ठक्कर खाएको थियो ।

घाइतेलाई थप उपचारका लागि चितवन पठाइएकामा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा परी शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थाप मगर, सोही ठाउँका १८ वर्षीया आरती खवास, गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली, आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया