


सुनका गरगहना लुटपाट गर्ने १ जना पक्राउ

काठमाडाैं – सुन चाँदीका गरगहना लुटपाट गरि भाग्दै गरेको अवस्थामा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । नुवाकोट सूर्यगढी गाउँपालिका- २ का २५ वर्षीय राज कुमार तामाङलाई हिजाे विहीवार काठमाडाैंकाे माछापोखरी चोकबाट पक्राउ गरेकाे हाे ।
उनकाे साथबाट सुन,चाँदीका गरगहना बोकेको झोलासहित सुनको मंगलसुत्र एक तोला थान-१, चाँदीको ब्रास्लेट थान-१, रातो पोते माला थान-१, गरगहना राख्ने ब्यागसहित नियन्त्रणमा लिएकाे महानगरीय प्रहरी बृत्त बालाजुले जनाएकाे छ ।

