

देशभर थप ६८ जनामा कोरोना पुष्टी, ५३८ जना संक्रमणमुक्त

काठमाडौं – नेपालमा गत २४ घन्टामा ६८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गत २४ घन्टामा ४ हजार ९२९ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर ५३८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
अहिलेको अवस्थामा नेपालमा ६ हजार ४६१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८८ हजार ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

