
प्रचण्ड र माधवले एमसीसीका बिषयमा भ्रममा पारेर कार्यकर्तालाई मूर्ख बनाएः शंकर पोखरेल
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना कार्यकर्तालाई मूर्ख बनाएको बताएका छन्।
बिहिबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै पोखरेलले अमेरिकी अनुदाम एमसीसीका बिषयमा दुईजिब्रे कुरा गरेर प्रचण्ड र माधवले आफ्ना कार्यकर्तालाई मूर्ख बनाएको बताए।
प्रचण्ड र माधवले पहिले एमसीसी राष्ट्रघाती भनेको र पछि व्याख्यात्मक घोषणा भन्दै कार्यकर्तालाई भ्रममा पारेको बताए। उनले यसअघि नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेको आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको पनि बताए।
उनले प्रचण्ड र माधवतिर गएका कार्यकर्ताहरुलाई अब फर्कन आग्रह पनि गरे। उनले अब पार्टीलाई बलियो बनाउने ठोकुवा समेत गरे।



कागजपत्र |
