एमालेमा शंकर पोखरेल महासचिव, श्रीमती र बहिनी केन्द्रीय सदस्य!


काठमाडौं – एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा एकै घरका तीनजना परेका छन्।

ओलीले शंकर पोखरेललाई महासचिव बनाएका छन्। उनले शंकरलाई आफ्नो उत्तराधिकारी बनाएको धेरैको अनुमान समेत छ।

ओलीले शंकरकी श्रीमती सुजिता शाक्य र बहिनी मेनका पोखरेललाई समेत केन्द्रीय सदस्य बनाएका छन्। मेनका त्रिविअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत छिन्।

यस्तै, एमाले सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन्। उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन्।

यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन्।

प्रतिक्रिया