एपीएफले वालिङलाई ६–० ले हराउँदै शीर्ष स्थानमा


काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६–० ले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो । एपीएफकी सावित्रा भण्डारीले ५ गोल तथा प्रिती राईले एक गोल गरिन् ।

जितसँगै एपीएफ ९ खेलबाट २७ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया