लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा छन् : मुख्यमन्त्री पोखरेल


बुटवल – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा स्थायी समिति सदस्य शंकर पोखरेलले लुम्बिनी प्रदेशका जनता कसको पक्षमा छन् भन्ने कुरा आफूहरुले देखाइदिएको दावी गरेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरेका छन्।

शनिबार बुटवलमा आयोजित आमसभालाई सम्बोधन गर्दै पोखरेलले केही समय अगाडि प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्।

‘केहीदिन पहिले बुटवल बजारमा कोणसभा आयोजना गरेर सम्माननीय प्रधानमन्त्रीलाई ललकार्ने काम भयो’, उनले भने, ‘लुम्बिनी प्रदेशका जनाका कसका पक्षमा छन भन्ने कुरा देखाउन आवश्यक थियो, आज ती साथीहरुले देख्ने मौका पाएका छन्।’

उनले विशाल उपस्थितिका लागि लुम्बिनीका जनतालाई धन्यावाद समेत दिए । उनले विकास, समृद्धि, राष्ट्रिय स्वाधीनताको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको र लुम्बिनीका जनता ओलीको पक्षमा रहेको दावी गरेका हुन्।

प्रतिक्रिया