देशभर थप १२७ जनामा कोरोना पुष्टी, ३ को मृत्यु


काठमाडौं – नेपालमा गत २४ घन्टामा थप १२७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ६ हजार ८ सय ७४ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ३२१ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ३५ हजार ७ सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा नेपालमा ७ हजार ७७० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया