

सुनको मूल्य ६०० रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोवार ?

कठमाडौं –नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मुल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । जसअनुसार आज सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोवार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मुल्य तोलामा १६ सय रुपैयाँले बढ्दै ९८ हजार २०० रुपैयाँ कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदी एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

