तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु


तनहुँ – तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सोमबार ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा बा.३ क २६९४ नम्बरको एक्स्काभेटर ग. १ ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

प्रतिक्रिया