प्रधानन्यायाधीशले तत्काल राजीनामा दिए मात्रै सम्मानजनक बर्हिगमन : रामचन्द्र पौडेल


काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश जबराले छिटो पदबाट राजीनामा दिए मात्रै सम्मानजनक बर्हिगमन हुने बताएका हुन् ।

कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौँडामा आयोजना गरेको एक कार्यक्रममा पौडेलले प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै त्यसका लागि जबराले छिटो राजीनामा दिनुपर्ने धारणा राखे ।

उनले ढिलाइ गर्दै गए बर्हिगमन अपमानजनक हुने पनि पौडेलले बताए । उनले प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथि नै प्रहार गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया