संयुक्त राष्ट्रसंघलाई दवाव दिँदै उत्तर कोरियाको पक्षमा चीन र रुस
काठमाडौं – चीन र रुसले उत्तर कोेरियामाथि लगाइएको प्रतिबन्ध खुकुलो पार्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई दवाव दिएका छन् ।
सुरक्षा परिषद्ले उत्तर कोरियामाथि लगाएको कपडाको निर्यात तथा पेट्रोलियम पदार्थको आयातमा सन् २०१९ मा तोकिएको सीमा अन्त्यका लागि यसअघि गरिएको निर्णय पुरनावलोकन गर्न चीन र रुसले माग गरेका हुन् ।
त्यससम्बन्धी मस्यौदा प्रस्तावमा चीन र रुसले १५ सदस्यीय वार्ता टोलीले एशियाली मुलुकहरूमा नागरिकको जीविकोपार्जनका लागि प्रतबिन्धहरू हटाउने बारे छलफल गर्ने बताइएको छ ।
मस्यौदा प्रस्तावमा रुस र चीनले करिब दुई वर्षअघि प्रस्ताव गरेका अन्य उपायहरू पनि समावेश भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । जसमा उत्तर कोरियाली नागरिकले विदेशमा काम गर्न पाउने र अन्तरकोरियाली रेल सडक सहयोग परियोजालाई प्रतिवबन्धमा नराखिने लगायताका विषय समावेश रहेको बताइएको छ ।
सन् २००६ देखि आणविक र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामाथि राष्ट्रसंघले प्रतिबन्ध लगाएको छ । सन् २०१९ मा रुस र चीनले उक्त प्रस्तावमाथि दुई पटक छलफल भएपनि ठोष निष्कर्ष भएको थिएन ।
यता कुटनीतिज्ञहरूले भने चीन र रुसको नयाँ प्रस्तवमाथि छलफलको मिति भने उल्लेख नभएको जनाएका छन् । सो प्रस्ताव परित हुन नौ मतको आवश्यक पर्छ । जसमध्ये अमेरिका, फ्रान्स, बेलयत, रुस वा चीनमध्ये कुनै एक मुलुकबाट भिटोको आवश्यक पर्ने बताइएको छ ।