करेन्ट लागेर एक जनाको मृत्यु


कास्की – पोखरा महानगरपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ ।

पोखरा-१४ छिनेडाँडाको खाल्टे मसिनामा बिजुली बनाउन पोलमा चढेका बेला करेन्ट लागेर एक जनाको ज्यान गएकाे हो । ज्यान गुमाउनेमा त्यही ठाउँका ४७ वर्षीय भक्तबहादुर पोखरेल रहेका प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका पाेखरेलकाे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएकाे हो ।

प्रतिक्रिया