जबरजस्ती एमसीसी पारित गर्न खोजे सरकार छाड्ने माओवादीको संकेत


काठमाडौं – सरकारले आज बस्ने भनिएको सदनमा एमसीसी जबरजस्ती टेबल गरे नेकपा माओवादी केन्द्रले सरकार छाड्ने संकेत दिएको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो संकेत गरेको हो।

बैठकपछि माओवादीका प्रमुख सचेतक देव गुरुङले सरकारमा रहेका दलहरूबीच सहमति नगरी एमसीसी पेस भए सरकारमा नरहने जानकारी दिए।

‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ। त्यस्तो नभए सरकारमा रहने कुरा हुँदैन,’ गुरुङले भने।

यी हुन् माओवादी केन्द्र संसदीय दलको बैठकले गरेका मुख्य तीन निर्णय

  • एमसिसीमा रहेका असमान सर्त र असमान प्रावधान संशोधन नगरी यथास्थितिमा अगाडि बढाउन सकिन्न। यसलाई पास गर्न सकिन्न। जबरजस्ती पेश गरिएमा यसको विपक्षमा मतदान गर्ने।
  • सदन सुचारू गर्न जोड दिने। सदन सुचारू नभएसम्म कुनै पनि एजेन्डा अगाडि बढाउन सकिन्न।यसका लागि विपक्षीसँग पनि आग्रह गर्ने।
  • एमसिसीको विषयमा राष्ट्रिय सहमति नजुटेसम्म यो प्रक्रिया अघि बढ्न सक्दैन। त्यसैले एमसिसी अगाडि बढाउने हो भने दलहरूबीच सहमती हुनुपर्छ। कमसेकम सरकारमा रहेका दलहरूसँग सहमती हुनुपर्छ।

प्रतिक्रिया