आलिया भन्छिन्, ‘विवाहको लागि तयार छैन’


मुम्बई(एजेन्सी)– बलिउडको सबैभन्दा क्यूट जोडीमा आलिया भट्ट र रणवीर कपूर पनि पर्दछन् । उनीहरुको विवाहलाई लिएर लामो समयदेखि चर्चा परिचर्चा चलिरहेको छ । उनीहरुको फ्यान पनि यो जोडीको विवाहको चर्चामा उत्साहित छन् । सन् २०२० को शुरुवातमा रणवीर र आलियाले विवाह गर्ने खबर सार्वजनिक भएको थियो । तर कोरोना महामारीका कारण वैवाहिक कार्यक्रम रोकियो । उनीहरुले सन् २०२१ मा विवाह गर्ने निर्णय लिए पनि आलियाले अन्तिम समयमा आएर आफूहरुको विवाहको बारेमा लगाइएको अड्कलबाजीमा विराम लगाएकी छन् ।

आलियालाई उनको विवाहको बारेमा मिडियाले सोध्दा उनले आफू विवाहको लागि तयार नभएको जवाफ दिएकी छन् । ‘म अहिले विवाहको लागि तयार छैन । मलाई अहिले जसले पनि विवाहको बारेमा सोधिरहेका छन् । एउटा कुरा सत्य के हो भने मैले विवाहको योजना त बनाइरेहकी छु । तर तुरुन्तै विवाह चाहिँ हुँदैन’, उनले भनेकी छन्, ‘म कहिले विवाह गर्छु ? जोकोहीले पनि मलाई यो प्रश्न सोधिरहेका छन् । तपाईंलाई थाहा छ कि अहिले म केवल २५ वर्षकी मात्र छु । त्यहीकारण अहिले विवाह गर्नु हतारो मात्र हुन्छ ।’

आलिया र रणवीर चाँडै नै फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछन् । फिल्ममा अमिताभ बच्चनको पनि अभिनय छ । आलिया ‘ब्रह्मास्त्र’का अलावा फिल्म ‘गंगुबाई कठियावाडी’मा पनि देखिँदैछिन् । उनले सन् २०१२ मा करण जोहारको फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा पाइला चालेकी थिइन् ।

प्रतिक्रिया