जो सेक्सबारे खुलेर बोल्छन्


मुम्बई(एजेन्सी)– भारतमा सेक्स र शारीरिक अन्तरंगलाई वर्जितको विषय मात्र मानिन्दैन, यो विषयमा चर्चा गर्न जोकोही पनि लजाउछन् अथवा डराउछन् । जीवनका यी निजी विषयमा आम मानिसलाई खुलेर बोल्न पक्कै समस्या छ । जबकी बलिउडका केही स्टारहरु यो मुद्दामा कैयौं पटक खुलेर आफ्नो कुरा राखेका छन् । उनीहरुले कैयौं पटक आफ्नो निजी जीवनको गोप्य कुरा खोलेर सबैलाई चकित पारेका छन् ।

अभिनेता इमरान हाशमी फिल्ममा अभिनय भन्दा पनि चुम्बनका लागि चर्चित छन् । उनले करण जोहारको च्याट शोमा आफूसँग जोडिएको एक गोप्य कुरा भन्दा सबै चकित भएका थिए । उनले आफूले जवानीको दिनमा वान नाइट स्टेको रमाइलो पललाई कहिल्यै भूल्न नसकेको खुलाएका थिए ।

अभिनेता रणवीर सिंहलाई फिल्मको पर्दामा कैयौं पटक रोमान्स गरेको हेर्न पाइएको छ । उनी निजी जिन्दगीको बारेमा कुरा गर्दै आफूले कम उमेरमै भर्जिनिटीको गुमाएको खुलासा गरेका थिए । रणवीरका अनुसार उनी १२ वर्षको हुँदा आफ्नो भर्जिनिटी गुमाएका थिए ।

अभिनेता रणवीर कपूरलाई फिल्ममा चकलेटी ब्वाईका रुपमा चिनिन्छ । उनले आफूले १५ वर्षको उमेरमै भर्जिनिटी गुमाएको बताएका छन् । अभिनेता सलमान खानले भने आफू अहिलेसम्म भर्जिन नै रहेको बताएका छन् । उनले आफ्नो पत्नीकै लागि भर्जिनिटी बताएको खुलाएका छन् ।

अभिनेता अर्जुन कपूर मलाइका अरोडासँगको सम्बन्धका कारण चर्चामा छन् । उनले एक अन्तरवार्तामा पुरुषलाई प्रेम भन्दा पनि सेक्सको महत्व बढी रहेको बताएका थिए । त्यस्तै निर्माता तथा अभिनेता करण जोहारले आफ्नो बायोग्राफीमा आफूले २६ वर्षको उमेरमै आफ्नो भर्जिनिटी गुमाएको उल्लेख गरेका छन् ।

त्यस्तै अभिनेत्री दीपिका पादुकोणले पनि सेक्स शारीरिक भन्दा पनि भावनात्मक बढी हुने गरेको खुलाएकी छन् । अर्की अभिनेत्री सोनम कपूरले आफूले कहिल्यै पनि आफ्नो कलाकार साथीहरुसँग सेक्स सम्बन्ध कायम नगरेको बताएकी छन् ।

प्रतिक्रिया