लागुऔषधसहित सुर्खेतमा पाँचजना पक्राउ


सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँच्जनालाई पक्राउ गरेको छ । वीरेन्द्र नगरपालिका-११ पिपिराचोकबाट तीनजनालाई र शान्ति टोलबाट दुईजनालाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय गौरव सुनार, ४६ वर्षीय लीलाराम पुरी र २४ वर्षीय महेश सुनार छन् ।

उनीहरूबाट प्लाष्टिकसहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाइनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । उनीहरूबाट प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध १६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया