मूर्ति चोरेको अभियोगमा दोषी मगर चार वर्षपछि पक्राउ


काठमाडौं – मूर्ति चोरेको अभियोगमा अदालतबाट दोषी ठहर भएका एकजना साढे चार वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला अदालतले २०७४ वैशाख २५ गते २ बर्ष कैद सजाय सुनाएका ५८ वर्षीय मान बहादुर मगरलाई प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

उनीमाथि पुरात्वातिक मुर्ति चोरीको आरोप लागेको थियो । रामेछाप दोरम्बा—४ पासिवान स्थायी घर भएका मगर अहिले ललितपुरको ईमाडोलमा बस्दै आएका थिए ।

प्रतिक्रिया