मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ


झापा – मोटरसाइकल चोरी गरेको अभियोगमा झापा बुद्ध चोकबाट प्रहरीले एक जना पक्राउ गरेकाे छ ।

इलाम रोङ गाउँपालिका-३ कुटिडांडा बस्ने रोहित राईको मे.९ प ५२१० नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ईलाम पशुपति नगरपालिका-३ बस्ने २५ वर्षीय पासङ तामाङलाई मोटरसाइकलसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राईले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको मोटरसाइकल मंगलबार राति चोरी भएको खबर प्राप्त हुनासाथ तत्कालै ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-३ स्थित बुद्ध चोकबाट तामाङले  मोटरसाइकल डोर्‍याई रहेको अवस्थामा  पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया