सुरु भयो कांग्रेसको केन्द्रीय समिति बैठक


काठमाडौं – शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएका छैनन् ।

यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ ।

प्रतिक्रिया