
बाढी पहिरोले देशका विभिन्न राजमार्ग प्रभावित, कुनको अवस्था के छ ? (सूचीसहित)
काठमाडौं – बाढी र पहिरोका कारण बागमती र गण्डकी प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत भदौ १० गते आएको बाढीका कारण रसुवा जिल्लाका सबै मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। अर्को सूचना नभएसम्मका लागि यो मार्ग ठप्प रहने बताइएको छ।
असोज १० गते बिहान ०५:५० बजे रघुगंगा गाउँपालिका-०२ बैसरीमा पहिरो खस्दा वेनि-जोमसोम सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। असोज १४ गते अपराह्न १६:४५ बजे बौदिकाली गाउँपालिका-०३ जन्ती पहिरोमा पहिरो जाँदा कालीगण्डकी कोरिडोर एकतर्फी मात्र सुचारु छ। ठुला गाडीहरू आउजाउ गर्न नसक्ने प्रहरीले जनाएको छ।
असोज १८ गते अपराह्न १६:०० बजे मनाङ बाढीका कारण प्रभावित बनेको बेशीसहर हुँदै खाङसारसम्म जाने सडक हाल एकतर्फी सुचारु रहेको छ। अवरुद्ध राजमार्गहरू खुलाउन र यातायात सहज बनाउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। यात्रामा निस्कनुअघि सडकको अद्यावधिक अवस्था बुझ्न यात्रुहरूलाई आग्रह गरिएको छ।




कागजपत्र |
